दोहोरीमै व्यस्त सम्झना
काठमाडौं, साउन ४- लोकदोहोरीमार्फत् परिचय बनाउनेको संख्या थपिँदै छ। अभिनयमा जम्ने सपनाका साथ कलाकारितामा लागे पनि सम्झना बुढाथोकीको लोकप्रियता लोकदोहोरीले बढाएको छ। केही समय यता लोकदोहोरी भिडियोमा उनी एकछत्र मोडलका रूपमा देखिएकी छिन्। 'दर्शकको माया पाएकै कारण दोहोरीमा काम पाइरहेकी छु,' सुटिङको क्रममा शंखपार्कमा भेटिएकी उनले भनिन्, 'त्यसैले आजभोलि भ्याइनभ्याइ छ।' तीज नजिकिँदै गर्दा उनको व्यस्तता पनि बढेको छ। 'अचेल सुटिङ बढेको छ। कहिले पोखरा र कहिले राजधानीका विभिन्न ठाउँमा सुटिङ पर्छ,' बिहान घरमा खाजा खाएर निस्कने सम्झनाले दिउँसोको खाना सुटिङ स्पटमै खाने गरेको बताइन् ।
२०५२ देखि नृत्यमा प्रवेश गरेकी सम्झनाको कलालाई लोकदोहोरीले चिनायो। 'मैले विभिन्न फिल्ममा आइटम डान्स पनि गरेकी थिए,' उनले भनिन्, 'तर डान्सरका रूपमा लोकदोहोरीले चिनाइदियो।' हरेक दिन टेलिभिजका पर्दामा छमछमी नाचेको देख्न पाइन्छ उनलाई। मोडलिङकै लहडमा विभिन्न सिरियल र फिल्ममा समेत हात हालेकी उनी पछिल्लोपटक दोहोरी नृत्यमै व्यस्त भएकी छिन्। अहिले तीजका गीतको काम प्रशस्त आइरहेको उनले बताइन्। 'तीज नजिकिँदै छ, तीजका दोहोरी गीत रेकर्डिङ हुन्छन्, यस्तै गीतमा नाच्नुपर्छ,' उनले भनिन्, 'जेठ अन्तिमबाट सुरु भएको तीज गीत साउनको मध्यसम्म चल्छ।' तीजका गीत सके पनि उनको लागि चिन्ताको विषय रहेन। मौसमी गीतको छायांकन वर्षैभर भइरहन्छ। यसपछि दशंैतिहारका र विभिन्न चाडपर्वका गीतमा नाच्नुपर्ने उनले बताइन्।
'बेरोजगार' फिल्ममा हिरोइन बनेकी उनी म्युजिक भिडियोमा बढी रमाउने बताउँछिन्। 'म्युजिक भिडियोमा आफूले गरेको काम छिट्टै हेर्न सकिन्छ, फिल्ममा लामो समय कुर्नुपर्ने हुन्छ,' कमाइका हिसाबले पनि यो काम ठिक रहेको उनको तर्क छ। स्टेज कार्यक्रममा पनि प्रशस्तै निम्ता आउँछ उनलाई। नाच्नकै लागि अस्ट्रेलिया, जर्मनी, फ्रान्स, खाडी मुलुक र भारतका नेपालीमाझ समेत उनी पुग्ने गर्छिन्। डान्सर शंकर बिसीसँगको जोडी दर्शकले रुचाएको प्रतिक्रिया पाएकी छिन् उनले । डान्समा फिट हुन सकेसम्म भात नखाने बताइन् उनले।
बिहान पाँच बजे उठेर व्यायाम गर्ने गरे पनि आजभोलि तौल बढेकोमा उनी चिन्तित छिन्। नेपाल टेलिभिजनको 'चेतना' टेलिसिरियलबाट करियर सुरु गरेकी सम्झनाले 'नौडाँडापारि', 'एक नम्बरको पाखे', 'सिउँदोको सिन्दुर' जस्ता फिल्ममा आइटम डान्स गरेकी छिन्। फिल्म लाइनले भन्दा लोकदोहोरीले आफ्नो कला निखारिएको उनको अनुभव छ। हिरोइनको जतिकै नाम र दाम दोहोरीबाटै मिलिरहेकोले फिल्ममा खेल्न अतुरी नभएको उनले प्रष्ट्याइन्।

साभारः नागरिक(नेत्र तामाङ, )
Tags:
मनोरञ्जन
,
मुख्य समाचार
अमेरिकी सदनमा नेपाली मूलका उम्मेदवार
न्युयोर्क, अषाढ १५ - नेपाली मूलका एक अमेरिकीले त्यहाँको तल्लो सदन 'हाउस अफ रिप्रेन्जेन्टिभस' मा उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौं इन्द्रचोकमा जन्मिएका दर्शन रौनियारले अमेरिकाको पश्चिमी राज्य वासिङ्टनको एक नम्बर डिस्ट्रिकबाट सन् २०१२ मा कंग्रेस सदस्य हुन डेमोक्र्याट पार्टीबाट उम्मेदवारी दिन लागेका हुन् ।
अमेरिकामा नेपाली मूलकाले उच्चस्तरको सार्वजनिक पदका लागि उम्मेदवारी दिएको यो पहिलो अवसर हो । बीस वर्षअघि इन्जिनियरिङ अध्ययनका लागि अमेरिका आएका रौनियार डेमोक्र्याट पार्टीका तर्फबाट काउन्टी र डिस्टि्रक लेबलमा एक दशकदेखि सक्रिय छन् । उनी सन् २००८ मा पार्टीका तर्फबाट स्नोमिस काउन्टीको सदस्य चुनिएका थिए । पेसाले उनी व्यापारी हुन् ।
रौनियारले टेलिफोनमार्फत कान्तिपुरलाई भने, 'जितका लागि सबैका अतिरिक्त अमेरिकामा रहेका नेपाली समुदायबाट सहयोगको अपेक्षा राखेको छु ।' आगामी वर्ष कंग्रेसका लागि वासिङ्टन राज्यबाट नौ सदस्य निर्वाचित हुनेछन् । रौनियारले चुनाव जिते क्यापिटल हिलमा कंग्रेसम्यानका रूपमा उनले सात लाख जनताको प्रतिनिधित्व गर्नेछन् ।
रौनियारको उम्मेदवारीलाई डेमोक्र्याटका तर्फबाट राज्य गभर्नरका उम्मेदवार जे इन्स्लीले समर्थन गरेको बताइएको छ । 'समर्थनबारे आगामी वर्ष मात्र औपचारिक निर्णय हुनेछ । तर पनि इन्स्लीको सदाशयता मप्रति छ,' रौनियारले भने । आगामी वर्षको अगस्टमा प्राथमिक एवं नोभेम्बरमा अन्तिम चरणको निर्वाचन हुनेछ ।
रायो ग्रान्ड युनिभर्सिटीमा अर्थशास्त्रका नेपाली प्राध्यापक डा. गोविन्द कोइरालाले रौनियारको उम्मेदवारीले नेपाली समुदायलाई उत्साही बनाएको बताए । उनले भने, 'यसले हामीले पनि यो देशमा केही गर्न सक्छौं भने सन्देश दिएको छ ।' वासिङ्टनमा सत्र प्रतिशत एशियाली मूलका अमेरिकीहरू रहेकोले रौनियारको उम्मेदवारी सशक्त हुनसक्ने कोईरालाको भनाई छ ।
अमेरिकी मूल्य मान्यता संरक्षणका लागि रौनियारले आफ्नो उम्मेदवारी रहेको उल्लेख गर्दै हेल्थ केयर र रोजगार अभिवृद्धिलाई चुनावी मुद्दा बनाएका छन् । सोमबार आफ्नो उम्मेदवारी घोषणा गर्दै रौनियारले आफू सामान्य परिवारको सदस्यका रुपमा अमेरिका आएको बताए । आफ्नो उम्मेदवारी विज्ञप्तीमा रौनियारले पिता बिनाको बाल्यकालबारे उल्लेख गरेका छन् । उनले लेखेका छन्- 'सानैमा पिताको निधनपछि म र बहिनीलाई हुर्काउन आमालाई दुख्ख भएको थियो ।'
काठमाडौंमा हाईस्कुल र कलेजको अध्ययनपछि अमेरिकामा आएका रौनियारले सन १९९२ मा इलेक्ट्रोनिक्स ईन्जिनियरमा अध्ययन पुरा गरेपछि सन १९९८ मा एमबीए गरेका थिए । त्यसपछि आईटी ईन्डस्ट्रीमा काम गरेका उनले सन् २००४ मा आफनै कम्पनी खोलेका थिए । कम्प्युटर पार्ट सम्बन्धी, त्यसमा पनि बिशेषत कम्प्युटरका मेमोरी कार्डको व्यापारमा सक्रिय रौनियारको व्यापार अमेरिकाका बीस राज्यमा विस्तारित छ ।
उनी, एक दशकदेखि डेमोक्रयाट पार्टीका तर्फबाट स्थानीय, राज्य र केन्द्रिय तहकै पार्टीका उम्मेवारहरूको चुनावी अभियानमा सक्रिय थिए । सन २००८ मा राष्ट्रपतिका उम्मेदबार बाराक ओमाबाको चुनावी अभियानमा पनि उनी सक्रिय थिए । रौनियार सियाट्लमा पत्नी र दुई छोरा सँग वस्दै आएका छन् ।
साभार - इ. कान्तिपुर
Tags:
मुख्य समाचार
संखुवासभा सदरमुकाम तनावग्रस्त
उपभोक्ताद्वारा विद्युत प्राधिकरणमा अनिश्चितकालिन तालावन्दी
खाँदबारी, अषाढ १४ - संखुवासभा सदरमुकाम मंगलवार तनावग्रस्त भएको छ । खाँदबारीका उपभोक्ताले नेपाल बिद्युत प्राधिकरणमा गरेको अनिश्चितकालिन तालावन्दी प्रशासनले खोलेपछि करीव ३ घण्टा तनाव भएको थियो । प्रहरी र स्थानीय युवाबीच पुनः ताला लगाउने क्रममा हातहालाहाल भएको छ ।
संखुवासभा उद्योग वाणिज्य संघले नियमित बिजुली आपुर्तीको माग गर्दै पटक पटक लगाएको ताला प्रहरीले खोलेपछि व्यापारी र प्रहरी बीच सामान्य झडप भएको हो ।
असार १ गतेवाट आफुहरुले नियमित विजुली बाल्न नपाएकोले वाध्य भएर ताला लगाएको उद्योग वाणिज्य संघका अध्यक्ष श्यामसुन्दर उदासले वताए । उनले भने,१४ दिन भयो विजुली बाल्न नपाएको, पटकपटक विजुली वाल्न आग्रह गरे पनि विद्युत प्राधिकरणले वेवास्ता गर्यो । १५ दिनवाट दिनवाट अन्धकार वसिरहेका छौ । उनले यहाँ उत्पादन भएको ४ मेघावाट विजुली आफुहरुले वाल्न पाउनु पर्ने माग राखेका छन । विजुली नियमित नबलेसम्म ताला नखोल्ने अडान व्यवसायीले लिएका छन् ।
विद्युत प्राधिकरणमा जानकारी माग्दा भारतबाटै बिजुली गएको भन्ने जवाफ आउँछ, कर्मचारीहरु कार्यालय छाडेर मर्मतका लागि जादैनन्, विद्युत संघर्ष समितिका संयोजक भोलामान श्रेष्ठले भने,विजुली नियमित नआउन्जेल महसुल वुझाउँदैनौ । सदरमुकाममा बिद्युत आपूर्ति बन्दहुँदा स्थानीय खाँदबारी सामुदायीक रेडियो र गुराँस एफएमको प्रशारण वन्द भएका छन । गि्रल उद्योग र राईस मिल पनि वन्द छ ।
प्रहरी प्रशासनले ताला फोडेको विरोधमा मंगलवार खाँदबारी वजार वन्द गरीएको छ । प्रहरी प्रशासनले षडयन्त्र गर्ने प्रयास गरेकाले वजार भन्द गरेको अध्यक्ष उदासले जानकारी दिए । उनीहरुले नेपाल टेलिकमको खाँदबारी शाखामा मोवाईल सेवा र तारफोन बिजुली जान वित्तिकै अवरुद्ध हुने गरेकोमा पनि आपत्ति जनाएका छन । टेलिमकमा पनि उपभोक्ताले २ घण्टा घेराउ गरेका थिए ।
यता, विद्युत प्राधिकरणले भने वर्षातले जिल्लाका विभिन्न स्थानमा विजुलीका पोल ढलेपछि खाँदबारी अन्धकार भएको जनाएको छ । खराङ र दिङलामा रहेको ५०/५० केभिको ट्रान्सर्फमर पनि केहिदिन अघि हावाहुरी सगै परेको चट्याङले क्षति पुर्याएको विद्युत प्राधिकरणका प्रमुख दिपक दाहालले वताए । खराङको सालडाँडाँवाट खाँदबारी आउने ९ स्थानमा भएका जंगलमा पोल ढलेका छन । दाहालका अनुसार खाँदबारी आउने बिजुलीको पोलहरु मर्मत भएपछि मात्रै नियमित विजुली बल्ने छ । ढलेका पोलहरु मर्मत गर्न प्राबिधिक पठाईसकेको विद्युत प्राधिकरणले जनाएको छ ।@ kantipur
Tags:
मुख्य समाचार
भोलिदेखि पूर्व क्षेत्रमा सुरक्षा सम्मेलन
लीलावल्लभ घिमिरे - विराटनगर, अषाढ १४ - पूर्व क्षेत्रको 'क्षेत्रीय सरक्षा सम्मेलन' बुधवार यहाँ हुदै छ । भेलामा १६ जिल्ला जिल्लाका सुरक्षा प्रमुखहरु सहभागी हुने बताएको छ ।
भेलामा नेपाल प्रहरी, सशस्त्र प्रहरीका क्षेत्रिय तथा अञ्चल प्रमुख, जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुखहरु सहित ८३ जना सहभागि हुने मोरङका प्रमुख जिल्ला अधिकारी शुरेश अधिकारीले वताए । भेलाले जिल्लाको शान्ति सुरक्षा त्यसमा देखिएका चुनौती र समाधानका उपाएका वारेमा छलफल गरी भावि योजना बनाउने वताएको छ । भेलामा गृहमन्त्री, नेपाल प्ररही, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरु सहभागी हुने छन् । उद्योग संगठन मोरङको सभा कक्षामा हुने भेला दुइ दिन सम्म चल्ने छ ।

माइकल ज्याक्सनको ज्याकेट १८ लाख अमेरिकी डलरमा लिलाम
१४ असार । बहुचर्चित पपस्टार स्वर्गीय माइकल ज्याक्सनको ज्याकेट १८ लाख अमेरिकी डलरमा लिलाम भएको छ । ज्याक्सनले सन् १९८३ मा बनेको ‘थ्रीलर’ नामक म्युजिक भिडियो छायाङ्कनको क्रममा प्रयोग गरेको ज्याकेट क्यालिफोर्नियामा लिलाम भएको हो । रातो र कालो रंगको उक्त ज्याकेट टेक्सासका एक ब्यापारीले १८ लाख अमेरिकी डलरमा किनेका हुन् ।
लिलाम वापत प्राप्त रकम भने क्यालिफोर्नियाको एक चिडियाखानामा खर्च गरिने छ । सो चिडियाखानामा माइकल ज्याक्सनका दुईवटा बाघ रहेका छन् ।
लिलाम वापत प्राप्त रकम भने क्यालिफोर्नियाको एक चिडियाखानामा खर्च गरिने छ । सो चिडियाखानामा माइकल ज्याक्सनका दुईवटा बाघ रहेका छन् ।
Tags:
feature
आज भोटेजात्रा देखाइदै, काठमाडौंमा सार्बजनिक विदा / भोटेजात्राको कथा यस्तो !
१४ असार, काठमाडौं । आज भोटेजात्रा, राजधानीमा विशेष कार्यक्रमको आयोजना गरि यो पर्व मनाइदै छ । भोटेजात्राको अवसरमा आज सरकारले काठमाडौं उपत्यकामा आज सार्वजनिक विदा दिएको छ । आज ललितपुरमा आयोजना हुने रातो मच्छेन्द्रनाथको भोटो देखाउने जात्रामा राष्ट्रपति, प्रधानमन्त्री लगायत संवैधानिक निकायका पदाधिकारीहरु सहभागी हुनुहुने छ ।
पाटनको सबैभन्दा महत्वपूर्ण तथा काठमाडौं उपत्यकाकै सबैभन्दा लामो जात्राका रुपमा रहेको मच्छिन्द्रनाथको जात्राको अन्तिम दिन भोटो देखाएर समाप्त हुने गर्दछ । सो जात्रा वैशाख शुक्ल प्रतिपदादेखि सुरु भई असार शुक्ल चौथीमा समाप्त हुने गर्दछ ।
लोक कथन अनुसार टौदहका नागराज कर्कोटकले नागिनीको आँखाको रोग निको पार्ने किसान वैद्यलाई उपहारस्वरुप रत्नजडित भोटो दिएका थिए । किसानले खेतको आलीमा राखी काममा व्यस्त भएका बेला भोटो हराएको र पछि मच्छेन्द्रनाथको जात्रा हेर्न भेला भएको भीडमा भूतले भोटो लगाएर आएको देखेपछि किसानले आफ्नो भोटो चिनेर दावी ग¥यो । दुवैका बीचमा भोटो खोसाखोस गर्दै विवाद प¥यो । सो विवाद राजासम्म पु¥याउँदा लिच्छवी राजा गुणकामदेवले पर्याप्त प्रमाणको अभावमा भोटो कसको हो भनेर निर्णय गर्न सकेनन् । उनले प्रमाण लिएर नआउन्जेल सो भोटो मच्छेन्द्रनाथको जिम्मा लगाए । र, रथमा राखेर अर्को वर्ष कसैको प्रमाण छ कि भनी जानकारी लिने उद्देश्यले त्यसलाई देखाए ।
सोही परम्परा अनुसार प्रत्येक बर्ष मच्छेन्द्रनाथको रथयात्राको अन्तिम दिन सो भोटो कसको हो भनी रथको बुर्जाबाट गुठी संस्थानका अधिकारीले चारैतिर घुमाउँदै तीन पटकसम्म देखाउने प्रचलन रहिआएको छ । जात्राका प्रमुख अतिथिको उपस्थितिमा भोटो निकाल्ने र देखाइसकेपछि तत्कालै सुरक्षितसँग राख्ने प्रचलन छ । - Solidarity
Tags:
मुख्य समाचार
'सही हो' ऐसले स्वीकारिन्
एजेन्सी
मुम्बई, अषाढ १४ - अभिनेता अमिताभ बच्चनले बुहारी गर्भवती भएको खबर चुहाएको केही दिनपछि बल्ल ऐश्वर्याले त्यसलाई स्वीकार गरेकी छन् ।नीला आँखावाली अभिनेत्रीले सोमबार टि्वटरमा विश्वभरका फ्यानहरूलाई परिवारकै सदस्य भनी सम्बोधन गर्दै लेखेकी छन्, 'तपाईंहरू सबैलाई धेरैधेरै धन्यवाद अनि यहाँहरूले हामी र हाम्रो... प्रति देखाएको माया, प्रार्थना, शुभेच्छा र आशीर्वादका लागि पनि ।' आफ्नै टि्वटर अकाउन्ट नभएकी अभिनेत्रीले पति अभिषेकको टि्वटरमा -अभिषेकले ऐशले आफैं टि्वटेको लगत्तै खुलाएका छन्) उक्त खुसी टि्वटर हुनेवाला सन्तानलाई 'हाम्रो' भनेर खाली छोडिदिएकी छन् ।
'र यो महत्त्वपूर्ण घडी हाम्रो जीवनमा बिस्तारै अघि बढिरहेको छ, तपाईंहरूको शुभेच्छाले वास्तवमै खुसी दिएको छ,' सम्भवतः आउँदो नोभेम्बरमा आमा बन्न लागेकी उनले थपेकी छन्, 'भगवान्ले आशीर्वाद दिऊन् । धन्यवाद, धन्यवाद र धन्यवाद ।'
मधुर भण्डारकर निर्देशित 'हिरोइन' को सुटिङमा व्यस्त ऐशलाई यति बेला अर्को पनि खुसी थपिएको छ । पूर्व विश्वसुन्दरी समेत रहेकी ऐशलाई बलिउडकी पुरानी 'डि्रम गर्ल' हेमा मालिनीले आफ्ना लागि भने ऐश नै 'डि्रम गर्ल' रहेको टिप्पणी गरेकी छन् । 'बुढ्ढा होगा तेरा बाप' को प्रमोसनमा व्यस्त ६२ वषर्ीया हेमाले अहिले कुन नायिका डि्रम गर्ल उपाधिलायक होलिन् भन्ने प्रश्नको जवाफमा भनेकी छन्, 'अहिलेका सबै नायिका त्योभन्दा माथि छन् । उनीहरूको व्यक्तित्व डि्रम गर्लको भन्दा उच्च छ ।' सबै 'डि्रम गर्ल' को लायक भए पनि उनी आफैंले भने यसको उपाधि ऐशलाई नै दिन चाहेको बताइन् । 'ऐशले मलाई यो महत्त्वपूर्ण अवार्डको गरिमा यतिका वर्षसम्म जोगाइदिएकामा करोडौं रकम चुकाउनुपर्नेछ,' उनले ठट्टा गरिन् ।
Tags:
मनोरञ्जन