Home � संखुवासभा सदरमुकाम तनावग्रस्त

संखुवासभा सदरमुकाम तनावग्रस्त

उपभोक्ताद्वारा विद्युत प्राधिकरणमा अनिश्चितकालिन तालावन्दी

खाँदबारी, अषाढ १४ - संखुवासभा सदरमुकाम मंगलवार तनावग्रस्त भएको छ । खाँदबारीका उपभोक्ताले नेपाल बिद्युत प्राधिकरणमा गरेको अनिश्चितकालिन तालावन्दी प्रशासनले खोलेपछि करीव ३ घण्टा तनाव भएको थियो । प्रहरी र स्थानीय युवाबीच पुनः ताला लगाउने क्रममा हातहालाहाल भएको छ ।
संखुवासभा उद्योग वाणिज्य संघले नियमित बिजुली आपुर्तीको माग गर्दै पटक पटक लगाएको ताला प्रहरीले खोलेपछि व्यापारी र प्रहरी बीच सामान्य झडप भएको हो ।
असार १ गतेवाट आफुहरुले नियमित विजुली बाल्न नपाएकोले वाध्य भएर ताला लगाएको उद्योग वाणिज्य संघका अध्यक्ष श्यामसुन्दर उदासले वताए । उनले भने,१४ दिन भयो विजुली बाल्न नपाएको, पटकपटक विजुली वाल्न आग्रह गरे पनि विद्युत प्राधिकरणले वेवास्ता गर्‍यो । १५ दिनवाट दिनवाट अन्धकार वसिरहेका छौ । उनले यहाँ उत्पादन भएको ४ मेघावाट विजुली आफुहरुले वाल्न पाउनु पर्ने माग राखेका छन । विजुली नियमित नबलेसम्म ताला नखोल्ने अडान व्यवसायीले लिएका छन् ।
विद्युत प्राधिकरणमा जानकारी माग्दा भारतबाटै बिजुली गएको भन्ने जवाफ आउँछ, कर्मचारीहरु कार्यालय छाडेर मर्मतका लागि जादैनन्, विद्युत संघर्ष समितिका संयोजक भोलामान श्रेष्ठले भने,विजुली नियमित नआउन्जेल महसुल वुझाउँदैनौ । सदरमुकाममा बिद्युत आपूर्ति बन्दहुँदा स्थानीय खाँदबारी सामुदायीक रेडियो र गुराँस एफएमको प्रशारण वन्द भएका छन । गि्रल उद्योग र राईस मिल पनि वन्द छ ।
प्रहरी प्रशासनले ताला फोडेको विरोधमा मंगलवार खाँदबारी वजार वन्द गरीएको छ । प्रहरी प्रशासनले षडयन्त्र गर्ने प्रयास गरेकाले वजार भन्द गरेको अध्यक्ष उदासले जानकारी दिए । उनीहरुले नेपाल टेलिकमको खाँदबारी शाखामा मोवाईल सेवा र तारफोन बिजुली जान वित्तिकै अवरुद्ध हुने गरेकोमा पनि आपत्ति जनाएका छन । टेलिमकमा पनि उपभोक्ताले २ घण्टा घेराउ गरेका थिए ।
यता, विद्युत प्राधिकरणले भने वर्षातले जिल्लाका विभिन्न स्थानमा विजुलीका पोल ढलेपछि खाँदबारी अन्धकार भएको जनाएको छ । खराङ र दिङलामा रहेको ५०/५० केभिको ट्रान्सर्फमर पनि केहिदिन अघि हावाहुरी सगै परेको चट्याङले क्षति पुर्‍याएको विद्युत प्राधिकरणका प्रमुख दिपक दाहालले वताए । खराङको सालडाँडाँवाट खाँदबारी आउने ९ स्थानमा भएका जंगलमा पोल ढलेका छन । दाहालका अनुसार खाँदबारी आउने बिजुलीको पोलहरु मर्मत भएपछि मात्रै नियमित विजुली बल्ने छ । ढलेका पोलहरु मर्मत गर्न प्राबिधिक पठाईसकेको विद्युत प्राधिकरणले जनाएको छ ।@ kantipur

0 comments to "संखुवासभा सदरमुकाम तनावग्रस्त"

Leave a comment