Home � माइकल ज्याक्सनको ज्याकेट १८ लाख अमेरिकी डलरमा लिलाम

माइकल ज्याक्सनको ज्याकेट १८ लाख अमेरिकी डलरमा लिलाम

१४ असार । बहुचर्चित पपस्टार स्वर्गीय माइकल ज्याक्सनको ज्याकेट १८ लाख अमेरिकी डलरमा लिलाम भएको छ । ज्याक्सनले सन् १९८३ मा बनेको ‘थ्रीलर’ नामक म्युजिक भिडियो छायाङ्कनको क्रममा प्रयोग गरेको ज्याकेट क्यालिफोर्नियामा लिलाम भएको हो । रातो र कालो रंगको उक्त ज्याकेट टेक्सासका एक ब्यापारीले १८ लाख अमेरिकी डलरमा किनेका हुन् ।

लिलाम वापत प्राप्त रकम भने क्यालिफोर्नियाको एक चिडियाखानामा खर्च गरिने छ । सो चिडियाखानामा माइकल ज्याक्सनका दुईवटा बाघ रहेका छन् ।

Tags:

0 comments to "माइकल ज्याक्सनको ज्याकेट १८ लाख अमेरिकी डलरमा लिलाम"

Leave a comment