Home � आज भोटेजात्रा देखाइदै, काठमाडौंमा सार्बजनिक विदा / भोटेजात्राको कथा यस्तो !

आज भोटेजात्रा देखाइदै, काठमाडौंमा सार्बजनिक विदा / भोटेजात्राको कथा यस्तो !

१४ असार, काठमाडौं । आज भोटेजात्रा, राजधानीमा विशेष कार्यक्रमको आयोजना गरि यो पर्व मनाइदै छ । भोटेजात्राको अवसरमा आज सरकारले काठमाडौं उपत्यकामा आज सार्वजनिक विदा दिएको छ । आज ललितपुरमा आयोजना हुने रातो मच्छेन्द्रनाथको भोटो देखाउने जात्रामा राष्ट्रपति, प्रधानमन्त्री लगायत संवैधानिक निकायका पदाधिकारीहरु सहभागी हुनुहुने छ ।

पाटनको सबैभन्दा महत्वपूर्ण तथा काठमाडौं उपत्यकाकै सबैभन्दा लामो जात्राका रुपमा रहेको मच्छिन्द्रनाथको जात्राको अन्तिम दिन भोटो देखाएर समाप्त हुने गर्दछ । सो जात्रा वैशाख शुक्ल प्रतिपदादेखि सुरु भई असार शुक्ल चौथीमा समाप्त हुने गर्दछ ।

लोक कथन अनुसार टौदहका नागराज कर्कोटकले नागिनीको आँखाको रोग निको पार्ने किसान वैद्यलाई उपहारस्वरुप रत्नजडित भोटो दिएका थिए । किसानले खेतको आलीमा राखी काममा व्यस्त भएका बेला भोटो हराएको र पछि मच्छेन्द्रनाथको जात्रा हेर्न भेला भएको भीडमा भूतले भोटो लगाएर आएको देखेपछि किसानले आफ्नो भोटो चिनेर दावी ग¥यो । दुवैका बीचमा भोटो खोसाखोस गर्दै विवाद प¥यो । सो विवाद राजासम्म पु¥याउँदा लिच्छवी राजा गुणकामदेवले पर्याप्त प्रमाणको अभावमा भोटो कसको हो भनेर निर्णय गर्न सकेनन् । उनले प्रमाण लिएर नआउन्जेल सो भोटो मच्छेन्द्रनाथको जिम्मा लगाए । र, रथमा राखेर अर्को वर्ष कसैको प्रमाण छ कि भनी जानकारी लिने उद्देश्यले त्यसलाई देखाए ।

सोही परम्परा अनुसार प्रत्येक बर्ष मच्छेन्द्रनाथको रथयात्राको अन्तिम दिन सो भोटो कसको हो भनी रथको बुर्जाबाट गुठी संस्थानका अधिकारीले चारैतिर घुमाउँदै तीन पटकसम्म देखाउने प्रचलन रहिआएको छ । जात्राका प्रमुख अतिथिको उपस्थितिमा भोटो निकाल्ने र देखाइसकेपछि तत्कालै सुरक्षितसँग राख्ने प्रचलन छ । - Solidarity

0 comments to "आज भोटेजात्रा देखाइदै, काठमाडौंमा सार्बजनिक विदा / भोटेजात्राको कथा यस्तो !"

Leave a comment