कान्तिपुर संवाददाता
मन्थली, फाल्गुन १ - एसएलसी टेष्ट परिक्षामा अनुतिर्ण विद्यार्थीले भैरबी माध्यमिक सुनारपानीका ४ जना शिक्षकलाई आईतवार विद्यालयमा चार घण्टा वन्धक वनाएका छन् ।
परिक्षामा अनुर्तिण भए पछि आफ्नो कपि हेर्न पाउनु पर्ने माग गर्दै विद्यार्थी र उनीहरुका अविभावकले प्रमुख जिल्ला रामप्रसाद आचार्य सहितका शिक्षकलाई वन्धक वनाएका हुन । दिउसो २ वजे देखि विद्यालयको कार्यालय कोठामा थुनिएका आचार्य सहितको टोलीलाई साँझ जिल्ला सदरमुकाम मन्थलीबाट गएको प्रहरीले मुक्त गराएको हो ।
विद्यार्थी र उनीहरुका करिव ४० जना अविभावकले प्रअ आचार्य, शिक्षकहरु केदार केसी, नारायण कार्की, नारायण घिमिरे र रामवहादुर सार्कीलाई वाहिरैबाट ताला लगाई वन्धक वनाएका थिए । केही समय अर्का शिक्षक द्धारिका कार्की समेत वन्धक भएका थिए ।
कार्यालयमा शिक्षक थुनिए पछि केहि अविभावकले जिल्ला शिक्षा कार्यालयमा रामेछापमा वन्धक शिक्षकलाई मुक्त गर्न पहल गरिदिन आग्रह गरेका थिए । जिल्ला शिक्षा अधिकारी दिपक काफ्ले घटनाको वारेमा जिल्ला प्रहरी कार्यालयमा जानकारी गराए पछि प्रहरी टोली त्यस तर्फगएको थियो ।
रामेछापका प्रहरी नायव उपरिक्षक प्रेमवहादुर कार्कीले प्रहरी पुगे पछि ताला खोलेर शिक्षकहरुलाई आ–आफ्ना घर पठाएको थियो । असन्तुष्ट विद्यार्थी र अविभावकलाई सम्झाई वुझाई हाम्रो टोली साँझ अवेर सदरमुकाम फर्किएको छ कार्कीले भने ।
उक्त माविले टेष्ट परिक्षामा सामेल भएका मध्ये ८ जना विद्यार्थी अनुतिर्ण गराएको थियो । साभार : इ - कान्तिपुर
Home � मुख्य समाचार � शिक्षकहरु कार्यालयमा वन्धक
शिक्षकहरु कार्यालयमा वन्धक
Posted by hamrosansar on 11:29 AM // 0 comments
0 comments to "शिक्षकहरु कार्यालयमा वन्धक"