कान्तिपुर संवाददाता
मन्थली , फाल्गुन २ - एसएलसी टेष्ट परीक्षामा अनुत्तीर्ण विद्यार्थीले भैरवी मावि सुनारपानीका ४ जना शिक्षकलाई आइतवार विद्यालयमा ४ घण्टा वन्धक वनाएका छन् ।
परीक्षामा अनुत्तीर्ण भएपछि आफ्नो उत्तरपुस्तिका हेर्न पाउनु पर्ने माग गर्दै विद्यार्थी र उनीहरुका अविभावकले रामप्रसाद आचार्यसहितका शिक्षकलाई वन्धक वनाएका हुन् । दिउँसो २ वजे देखि विद्यालयको कार्यालय कोठामा थुनिएका आचार्य सहितको टोलीलाई साँझ जिल्ला सदरमुकाम मन्थलीबाट गएको प्रहरीले मुक्त गराएको हो ।
विद्यार्थी र उनीहरुका करिव ४० जना अविभावकले प्रधानाध्यापक आचार्य, शिक्षकहरु केदार केसी, नारायण कार्की, नारायण घिमिरे र रामवहादुर सार्कीलाई वाहिरैबाट ताला लगाई वन्धक वनाएका थिए । केहि समय अर्का शिक्षक द्धारिका कार्की समेत वन्धक भएका थिए ।
कार्यालयमा शिक्षक थुनिएपछि केहि अविभावकले जिल्ला शिक्षा कार्यालयमा रामेछापमा वन्धक शिक्षकलाई मुक्त गर्न पहल गरिदिन आग्रह गरेका थिए । जिल्ला शिक्षा अधिकारी दिपक काफ्ले घटनाको वारेमा जिल्ला प्रहरी कार्यालयमा जानकारी गराए पछि प्रहरी टोली त्यस तर्फ गएको थियो ।
रामेछापका प्रहरी नायव उपरीक्षक प्रेमवहादुर कार्कीले प्रहरी पुगे पछि ताला खोलेर शिक्षकहरुलाई आ-आफ्ना घर पठाएको थियो ।
असन्तुष्ट विद्यार्थी र अविभावकलाई सम्झाई वुझाई हाम्रो टोली साँझ अवेर सदरमुकाम फर्किएको छ कार्कीले भने । उक्त माविले टेष्ट परीक्षामा सामेल भएका मध्ये ८ जना विद्यार्थी अनुत्तीर्ण गराएको थियो । साभार : इ - कान्तिपुर
Home � मुख्य समाचार � 'टेस्ट'मा फेल विद्यार्थीले शिक्षक थुने
'टेस्ट'मा फेल विद्यार्थीले शिक्षक थुने
Posted by hamrosansar on 11:53 AM // 0 comments
0 comments to "'टेस्ट'मा फेल विद्यार्थीले शिक्षक थुने"