घनश्याम खड्का
सर्वोच्चको आदेश पालना गरी पारदर्शी सिसामा गाडी चढ्दै प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठ
काठमाडौ, माघ २८ - प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठ सर्वोच्च अदालतमा आए/गएको कहिल्यै देखिँदैनथ्यो । अगाडि-पछाडि सुरक्षाकर्मीको गाडीबीच कालो सिसा भएको कालो गाडी सर्वोच्चभित्र पस्यो वा बाहिरियो भने कर्मचारीहरू भन्थे- 'लौ सवारी भयो ।'
तर बिहीबार भने उनलाई प्रत्यक्ष देखियो । कारण गाडीमा लागेको कालोसिसा हटाइएको थियो । 'अब आफ्नै संस्थाले गरेको निर्णय मान्दिनँ भन्न भएन नि,' कार्यालय छुट्टी भएपछि पारदर्शी ऐना भएका गाडीमा चढेर प्रधान न्यायाधीशका हैसियतले पहिलो पटक घर जान लागेका उनले ठट्यौलो पारामा भने, 'दौडादौड गरेर हिजै सिसा फेर्न लगाइदिएँ ।'
बुधबार सर्वोच्चका न्यायाधीश बलराम केसी र भरतराज उप्रेतीको इजलाशले राष्ट्रपति र प्रधानमन्त्रीबाहेक कसैले पनि सवारीसाधनमा कालो सिसा राख्न नपाउने व्यवस्था गर्न सरकारलाई आदेश दिएकै दिन प्रधान श्रेष्ठले त्यसको पालना आफूले पनि गरेको बताए ।
कालो सिसाको गाडीभित्र बलात्कार, मानव अपहरण र हातहतियार ओसारपसारलगायतका अपराध हुन सक्ने भएकाले त्यसलाई रोक्नुपरेको आदेशमा उल्लेख छ । बाहिरबाट भित्र देख्न नसकिने सिसाका कारण 'अपराधी भाग्दा पनि प्रहरी परिचालन गर्न र समात्न नसकिने भएकाले अपराधले बढवा पाउने हुँदा राष्ट्र प्रमुख र सरकार प्रमुखबाहेक अन्य सवारीसाधनमा बृहत्तर सार्वजनिक हितलाई ध्यानमा राखी सवारी सिसामा कालो लगाएर भित्र नदेखिने कार्य रोक्नू,' आदेशमा उल्लेख छ । सर्वाेच्चको आदेश यस मामिलामा निकै लागू भएको देखियो । काठमाडौंका प्रजिअ लक्ष्मीप्रसाद ढकालले पनि आफैं सिसा फेरे । आफैं नफेर्नेको चाहिँ उपत्यकाभर खटिएका ट्राफिक प्रहरीले हटाइदिए । 'हामीले जम्मा १ सय ६२ वटा गाडीका स्टिकर निकालिदियौं,' दरबारमार्गका ट्राफिक प्रहरी निरीक्षक सीताराम हाथेछुले भने, 'मैले नै ७२ वटाको निकाली दिएँ ।'
पाकिस्तानी दूतावासको एक र अमेरिकी दूतावासका दुई गाडीका स्टिकर पनि निकालिनेको सूचीमा परेको हाथेछुले बताए । ठूला उद्योगी, सेनाका जर्नेल र टेलिकमको गाडीका समेत स्टिकर निकालिएको थियो । प्रहरीका अनुसार एक पत्रकारको गाडीबाट पनि स्टिकर हटाइएको छ ।
कालो स्टिकर हटाउने क्रममा सामान्य प्रशासन राज्यमन्त्री जितु गौतमको बा४च ९१२४ नम्बरको गाडी कोटेश्वर ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । सिसा हटाउन खोज्दा गाडी हाँक्ने मन्त्रीका छोरा नवीन सागरसँग लाइसेन्स नभएको पत्तो पाएपछि प्रहरीले गाडी नियन्त्रणमा लिएको हो ।
कालो सिसा राखेर गाडी चलाउन नपाइने कानुनी व्यवस्था भए पनि पहुँचवालाहरूले त्यसको उल्लंघन गरेको भन्दै त्यो बदर गराउन चार वर्षअघि दुई अधिवक्ता भोजेन्द्रबहादुर खत्री र कीर्तिबहादुर कार्कीले रिट हालेका थिए । साभार : इ - कान्तिपुर

0 comments to "फेरिँदै छन् काला सिसा"